नेपालमै पहिलो पटक पञ्चकन्या स्टिलले पायो ग्रीनप्रो प्रमाणपत्र

नेपालमै पहिलो पटक पञ्चकन्या स्टिलले पायो ग्रीनप्रो प्रमाणपत्र


काठमाडौँ । पञ्चकन्या स्टील प्रालिले नेपालमै पहिलो पटक ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड)ले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या स्टील नेपालकै पहिलो र एक मात्र छड कम्पनी भएको पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले जानकारी दिए । विश्वका ७० भन्दा बढी देशका स्टील कम्पनी सहभागी भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट पञ्चकन्या स्टिलले मात्र ग्रीनप्रोको मान्यता पाएको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।

‘ग्रीनप्रो प्रमाणपत्र पाउनुले पञ्चकन्या वातावरणीय दिगोपन र निर्माण उत्कृष्टतामा प्रतिबद्ध छ भन्ने प्रस्ट भएको उनले बताए । कम्पनीले शून्य कार्बन उत्सर्जनको मान्यतालाई प्रतिबद्धता जनाई कममात्रा कार्बन भएको कच्चा पदार्थ र प्रविधि प्रयोग गरी उत्पादनलाई निरन्तरता दिएको छ ।

उनका अनुसार ’ग्रीन९प्रो इकोलेबल’ मान्यता पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन् । यो मान्यता संसारभर लागू हुन्छ र यो पाउन विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ ।

उक्त प्रमाणपत्र कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ९सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्र ग्रहणपश्चात् पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ।

ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणालीमार्फत मान्यता प्राप्त छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्त्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीको भनाइ छ ।