ट्राफिक नियम उल्लंघन गर्नेलाई अब डिजिटल चिट

ट्राफिक नियम उल्लंघन गर्नेलाई अब डिजिटल चिट


काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई-चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् ।

आजदेखि सुरु गरिएको उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सकिनेछ ।

ट्राफिक प्रहरीका अनुसार डिजिटल चिटको कार्यान्वयन पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयनमा हुनेछ । यसका लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइ सकिएको छ ।