बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण


हेटौँडा । बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख देवकोटाले आइतबार मात्र श्रेष्ठलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेका थिए । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेका थिए ।