सामान्य प्रशासन मन्त्री मन्त्री गुप्ताद्वारा २५ बुँदे कामको फेहरिस्त सार्वजनिक

सामान्य प्रशासन मन्त्री मन्त्री गुप्ताद्वारा २५ बुँदे कामको फेहरिस्त सार्वजनिक


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २५ बुँदे कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । मन्त्री गुप्ताले पहिलो उपलब्धिमा संघीय निजामती विधेयक संसदमा प्रस्तुत भई राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको विषय राखेका छन् । उक्त विधेयक आउँदो अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तीव्रता दिन समिति र दलसँगको औपचारिक संवाद अघि बढाइएको मन्त्रीले उल्लेख गरेका छन् ।

स्थानीय तहका वडाको केन्द्र तथा सीमा विवादलाई सहज बनाउन कार्यविधि बनाइएको, कर्मचारीको सेवाकालीन प्रशिक्षण सम्पन्न गरिएको, निजामती अस्पतालमा क्यान्सरको उपचार थालिएको, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको पालिकामा वरिष्ठ कर्मचारीलाई मात्र निमित्त दिने व्यवस्था गरिएको, २३० स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नवनियुक्त अधिकृतलाई पहिलो पदस्थापन गर्ने नीति ल्याइएको पनि उपलब्धी सूचीमा राखिएको छ ।