मिनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट, पेशी भोली

मिनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट, पेशी भोली


काठमाडौं– झन्डै ११ रोपनी जग्गा दानमा लिएको नेकपा एमाले र दाता मिनबहादुर गुरुङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बुधबार दायर उक्त रिटको पेशी बिहीबारका लागि राखिएको छ।

एमालेले पाएको दाने जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायत तीन जनाले सर्वोच्चमा रिट हालेका हुन्।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो। तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो।

उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घान समेत गरेकाले उत्प्रेषणसहितको अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।