प्रतिपक्षी दलहरूले गराए राष्ट्रपतिको ध्यानाकर्षण

प्रतिपक्षी दलहरूले गराए राष्ट्रपतिको ध्यानाकर्षण


काठमाडौँ । प्रतिपक्ष दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । काँग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै उनीहरूले बुधबार भेटवार्ता गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले काँग्रेस(एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुई दलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको एक नेताले बताए ।

‘राष्ट्रको संरक्षक र अभिभावक राष्ट्रपति भएको हुनाले काँग्रेस-एमाले तानाशाहीतर्फ जाने क्रियाकलापबारे ध्यानाकर्षण गराएको हो,’ ती नेताले भने । ती दलले सरकार दल फुटाउने अध्यादेश ल्याउने तयारी गरेको भन्दै ध्यानाकर्षण गराएको पनि बताए ।

प्रतिपक्ष दलहरूले सेवा प्रवाहमा सरकार कमजोर भएको, जनताको आशा र भरोसा टुट्दै गएको राष्ट्रपतिसमक्ष बताएको भेटवार्तामा सहभागी एक नेताले सुनाए ।