‘ट्रु कलर’ एपमा सीआईबी प्रमुखको नाम र फोटो राख्दै धम्की दिने पक्राउ

‘ट्रु कलर’ एपमा सीआईबी प्रमुखको नाम र फोटो राख्दै धम्की दिने पक्राउ


काठमाडौँ। ‘ट्रु कलर’ एपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाको नाम र फोटो राख्दै धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१ ठूलो मिलचोक घर भएका ३० वर्षीय हेमकुमार खड्का छन् । उनलाई सीआईबीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो ।

उनले ‘ट्रु कलर’ एपमा एआईजी थापाको नाम र फोटो राख्दै वित्तिय संस्थाका व्यक्तिलाई फोन गर्दै सीआईबीबाट एआईजी बोलेको भन्दै धम्क्याउने गरेको सीआईबीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ ।