काठमाडौँ । नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ। बिहीबार काठमाडौँस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
नेपाली सेनाको मात्रै ५ हजार ९१८ जना, सशस्त्र प्रहरी बलका १९५ जना र नेपाल प्रहरीका २८ जना शान्ति सेनामा खटिएका छन्।
लेबनन, सिरिया, कंगो, इराक, यमन, दक्षिण सुडान लगायत ११ वटा मिसनमा नेपाली शान्ति सैनिकहरू खटिएका छन्।
कार्यक्रममा नेपाली सेनाले सांस्कृतिक पहिचान झल्किने कार्यक्रम र तेक्वान्डोको पनि प्रदर्शन गरिएको थियो।
प्रतिक्रिया