काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भए देखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघ-दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा समापन मन्तव्य राख्दैँ उनले उक्त कुरा बताएका हुन् । उनले नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धता अनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए ।
मन्तव्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हर हमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना समेत गरे ।
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघिय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरूमा नेपाली सेनाका ५.९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६.१४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
प्रतिक्रिया