काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
अधिवक्ता विवेक चौधरीले दायर गरेमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लूबुक) गैर कानुनी रूपमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट दायर भएको थियो ।
न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले कारण देखाऊ आदेशसहित लिखित जवाफ माग गरेको हो । प्रचलित कानुनअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अन्तर्गत ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार मात्र दिइएको तर चालक अनुमति पत्र वा सवारी धनी प्रमाणपत्र नियन्त्रणमा लिने अधिकार नभए पनि लिने अभ्यास रहेकाले उक्त कार्यमा रोक लगाउनुपर्ने मागदावी रिटमा गरिएको छ।
प्रतिक्रिया