काठमाडाैं -नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपीआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रुपियाँ पर्छ ।
बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणघाट–बुटबल सडक खण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्कीबाटमा एउटा मात्र सीसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया