‘बम’बारे गलत सूचना दिने गिरोहलाई कारबाही गर्न प्राधिकरणद्वारा भारत सरकारलाई पत्राचार

‘बम’बारे गलत सूचना दिने गिरोहलाई कारबाही गर्न प्राधिकरणद्वारा भारत सरकारलाई पत्राचार


काठमाडौँ। भारतीय जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिने व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरेको छ ।

यस अघि पहिलो पटक भारतीय जहाज भिस्तारामा बम राखिएको गलत सूचना आएलगत्तै प्राधिकरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरिसकेको प्राधिकरणले जनाएको छ ।

नेपालको तर्फबाट केही नभएको तर, भारतीय सुरक्षाको पाटो भएकाले यो गलत हल्ला किन फैलिरहेको छ भनेर भारतीय सरकारले अनुसन्धान गर्नुपर्ने आवश्यकता खड्किएको छ । गलत सूचना फैलाउन गिरोह नै सक्रिय भएको प्राधिकरणको भनाइ छ।