काठमाडौँ । असोज ११ र १३ गतेको बाढीपहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलवार काँग्रेस सभापति शेर बहादुर देउवाले बाढी पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोगका लागि काँग्रेस सांसद मोहन बहादुर बस्नेतले सहयोग तथा संयोजन गरेका थिए भने सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका लगायत स्थानीय तहले समेत सहयोग गरेका थियो ।
कार्यक्रमका काँग्रेस सभापति देउवाले बाढी पहिरोका कारण भएको धनजनप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले दुखका बेला काँग्रेस सदैव जनतामाझ रहने प्रतिबद्धता जनाए ।
त्यस्तै काँग्रेस सांसद बस्नेतले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सहयोग गर्नका लागि आफू सदैव अघि बढ्ने बताए । मानवीय संवेदनशीलताका आधारमा एउटा नेपालीलाई दुख पर्दा अर्को नागरिकले सहयोग गर्नु सबैको कर्तव्य भएको उनले बताए ।
असोज ११ र १३ गतेको बाढी पहिरोमा परि ललितपुरमा मात्रै ४० भन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया