काठमाडौं- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.६९ अंक बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १.७६ प्रतिशत बढेर २६९२.०५ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । आज परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ३.६० प्रतिशतले वृद्धि भएको छ ।
यस दिन २२१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया