काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको प्रचार विभागले जनाएको छ ।
समितिको उपाध्यक्षमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी, सचिवमा विकास महतो, उपसचिव आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् ।
जिल्ला समितिको सदस्यहरू लुखीराम मुर्मु, जीतबहादुर राई, राजेन्द्र दियाली, गोपाल ताजपुरिया, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, जयनारायण राजवंशी, गुणराज राई रहेका छन् ।
प्रतिक्रिया