राष्ट्रपतिले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा

राष्ट्रपतिले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा


काठमाडौँ- तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।

त्यहाँ उनले छठीमाइको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो। गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।