काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जन उम्मेदवार टुंगो लागेका छन् ।
त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुनादेवी थापा (भोटे) उम्मेदवार पक्का भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाले जनाएको छ ।
उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल नगर्ने र आफैँ उम्मेदवारी दिने प्रवक्ता श्रेष्ठले बताए । बाँकी उम्मेदवार छिट्टै टुंगो लगाउने उनले जानकारी दिए ।
राप्रपाले वडाध्यक्षका उम्मेदवारहरूको नाम पनि टुंग्याएको छ । झापाको कन्काइ नगरपालिका–६ मा नारायणप्रसाद निरौला, सुनसरीको गढी गाउँपालिका-६ मा कविताकुमारी उराव, तेह्रथुमको लालीगुरास नगरपालिका-८ मा रत्नबहादुर श्रीपाली, ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा चन्द्रमणि दाहाल, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ मा सतीशकुमार चौधरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा रामकुमार यादव, काठमाडौँ महानगरपालिका-१६ मा श्यामकृष्ण श्रेष्ठ, काठमाडौँको कीर्तिपुर नगरपालिका-१ मा सुरेन्द्र उप्रेती, काठमाडौँको कीर्तिपुर नगरपालिका-४ मा विजश बस्नेत र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी गुल्मीको मुसीकोट नगरपालिका-१ मा ईश्वरी खाती, रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा पहलबहादुर वली, कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ मा इम्तियाज अहमद र कालीकोटको तिलागुफा नगरपालिका-४ जुद्धबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया