काँग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ।
त्यही प्रसंगलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन। आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ। हामी सत्तामा भएको कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन। सबै कुरा निष्पक्ष हुन्छ। काँग्रेसले कसैलाई विभेद गरेको छैन।’
उनले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए।
उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ। त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’
प्रतिक्रिया