काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।
आज दिउँसो डोजरसहित पुगेको नगर प्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरूमा डोजर चलाएको हो ।
यसअघि पनि उक्त क्षेत्रमा नगर प्रहरीले डोजर चलाएको थियो । तर स्थानीयहरूले अटेर गरेर अतिक्रमित गरी बनाइएका घर टहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो ।
स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो । यसअघि बिहानै डोजर लिएर गौशाला क्षेत्र पुगेको महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए ।
प्रतिक्रिया