काठमाडौँ। नेपाली काँग्रेसले सांसद राजेन्द्र बजगाईँलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
मन्त्री पाण्डेले गत साता बजगाईँलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए । मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइसेन्स दिने क्रममा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए ।
आफ्नै दलको मन्त्रीका बारेमा प्रश्न उठाउँदा पार्टी केन्द्रीय कार्यालय, अनुशासन समिति लगायतमा नभनेर सार्वजनिक रूपमा बोल्नु अराजकता भएको भन्दै बजगाईँलाई सचेत बनाइएको थियो ।
प्रतिक्रिया