भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति पौडेलद्वारा मानार्थ प्रधानसेनापतिको पद प्रदान

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति पौडेलद्वारा मानार्थ प्रधानसेनापतिको पद प्रदान


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पद प्रदान गरेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित औपचारिक कार्यक्रममा पौडेलले उक्त पद प्रदान गरेका हुन्। कार्यक्रममा उपराष्ट्रपति रामसहाय राय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए।