‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्।

पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँ जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । यता उनको समर्थक र कार्यकर्ताहरुले भने माइतीघरको उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।