प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन प्रस्थान

प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका ओली सोमबार साँझ बेइजिङ पुग्नेछन्। मंगलबार उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको क्रममा नेपाल र चीनबीच विविध परियोजनामा सहमति हुने अपेक्षा गरिएको छ। यसमा काठमाडौँ रिङरोडको विस्तार, टोखा–छहरे सुरुङमार्ग, केरूङ–रसुवागढी(चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन र मदन भण्डारी विश्वविद्यालय निर्माणजस्ता परियोजना समावेश छन्।

चिनियाँ पक्षले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई विशेष परियोजनाहरू उपहारस्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ, जसमा झापामा स्पोर्ट्स कम्प्लेक्स र डडेलधुरामा सभाहल निर्माणको सम्झौता हुने अपेक्षा गरिएको छ