दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न आदेश


काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।

यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईँले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।