नागरिकको भान्सा र जीवनस्तर सुधार नभएसम्म समृद्धि सम्भव छैनः केपी ओली

नागरिकको भान्सा र जीवनस्तर सुधार नभएसम्म समृद्धि सम्भव छैनः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढाउने र दिगो आम्दानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु नै मुलुकको प्राथमिक दायित्व भएको बताउनुभएको छ।

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले जातीय पहिचानको नाराभन्दा पनि विपन्नता हटाउने र आम्दानीका स्रोत सिर्जना गर्ने नीति अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो।
रोजगारीको वास्तविक मूल्य बिताइएको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने भन्दै उहाँले प्रत्येक नागरिकका लागि शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउन नीतिगत स्पष्टता हुनुपर्नेमा जोड दिनुभयो।