काठमाडौँ । चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबीच राजदूत ओलीले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले समेत चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिटब्युरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ चिनियाँ अधिकारीहरूको उपस्थिति थियो ।
समारोहमा चिनियाँ राष्ट्रपति सीले राजदूतहरूलाई शुभकामनाका साथै सफल कार्यकालको कामना गरेका थिए । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २५ गते चीनको राजदूत नियुक्त गरेका थिए ।
प्रतिक्रिया