काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरूप बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।
आजको बैठकले केही सचिव तथा सहसचिवहरूको सरुवा तथा नियुक्ति हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
साथै बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।
प्रतिक्रिया