देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २ र ७ नं. वडाको प्रशासनिक भवन  तथा कपन ह्याण्डबल बहूद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने  र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका छन् ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ।”, प्रधानमन्त्री ओलीले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”