डोटी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् ।
सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन्। मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।
प्रतिक्रिया