ईश्वर पोखरेलको दाबी : तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँ

ईश्वर पोखरेलको दाबी : तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँ


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै दुवै छिमेकीहरूसँग संवेदनशील भएर प्रस्तुत हुने पक्षमा रहेको बताए।

उनले भने, ‘हाम्रो दुवै छिमेकीसँग हाम्रो राजनीतिक नेतृत्वले आई टु आई कुरा गर्ने सामर्थ्य राखोस्। आफ्ना समस्यालाई प्रस्तुत गर्ने सामर्थ्य राखोस्। कि छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङ छ कि गोडा टेकेको अभ्यास छ। हामी दुवै कुराको विपक्षमा छौँ। हामी दुवै कुरालाई गलत भन्छौँ। हामी छिमेकीसँग आई टु आई कुरा गर्नुपर्छ तथ्य र प्रमाणको आधारमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा छौँ।’

राष्ट्रिय मुद्दाहरूमा काँग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरे।

उनले भने, ‘काँग्रेस र एमाले प्रतिस्पर्धी पनि हुन्। यो प्रतिस्पर्धा अस्वस्थ नहोस् भनेर हामी विशेष चनाखो रहनुपर्छ। त्यसैले हामीले अस्वस्थ सम्बन्धलाई हामीले अगाडि बढ्न दिन हुँदैन।