काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज मुलुकका समसामयिक विषयमा छलफल भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटवार्तामा राष्ट्रिय राजनीति, कानुनी विषयवस्तु र समसामयिक परिस्थितिका विषयमा विचार-विमर्श भएको बताइएको छ।
भेटमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी भएका थिए। शीतल निवास स्रोतका अनुसार यो भेट मुलुकमा जारी राजनीतिक र प्रशासनिक गतिविधिबारे आपसी धारणा आदानप्रदानका लागि केन्द्रित थियो।
छलफलका विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया