उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्ने पुर्व अध्यक्ष झाको माग

उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्ने पुर्व अध्यक्ष झाको माग


धनुषा , राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । सोही समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साह पनि सम्मानित हुनुभएको छ । अध्यक्ष शर्माले महावीर युवा कमिटीद्वारा रु ११ हजार नगदसहित पत्रकार साहलाई सम्मान गर्नुभएको थियो ।

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले सहिद पत्रकार उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष झाले पत्रकारको हकहित एवं सुरक्षामा राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष शर्माले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको लामो समय भइसक्दासमेत पत्रकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेसागत सुरक्षाका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था कायमै रहनु दुःखद भएको बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको थियो ।