काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् ।
पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए ।
सभापति देउवा निवासमा बुढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए ।
काँग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन ।
संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि काँग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ ।
महतका अनुसार टीआरसीलाई टुंगोमा पुर्याउन संरचना बनाउन अन्य दलसँग छलफल गरिने भएको छ । बैठकमा शिक्षा विधेयकका बारेमा पनि छलफल भएको महतले जानकारी गराएका छन् ।

प्रतिक्रिया