शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा प्रचण्ड खुशी

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा प्रचण्ड खुशी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वास्थ्यक्षेत्रको इतिहासमा दूरगामी महत्व राख्ने गरी अघि बढाइएको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै जनस्वास्थ्य विज्ञानका क्षेत्रमा नेपालकै पहिलो विश्वविद्यालयको स्थापना सुदूरपश्चिम मात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रमा एक निर्णायक उपलब्धि सावित हुने विश्वास लिएको उल्लेख गरेका छन् ।

राष्ट्रियसभामा उत्पति भएको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको थियो ।

उनले भनेका छन्( ुमेरो प्रधानमन्त्रीत्वको पहिलो कार्यकालमै उच्च प्राथमिकता दिँदै यस विश्वविद्यालय स्थापनाको पहल सुरु गरेको थिए ।

तेस्रो कार्यकालमा विधेयक तयार गरेर संसद्मा दर्ता गरिएको र अन्ततः आज विधेयक पारित भएको छ, जसमा सुदूरपश्चिम क्षेत्रका सबै माननीय सांसद, जनप्रतिनिधि, अग्रज व्यक्तित्व र नागरिक समाजको उल्लेखनीय साथ र समर्थन रह्यो ।

अब, विश्वविद्यालयको भौतिक तथा शैक्षिक संरचना निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित सबै पक्षहरूलाई विशेष अनुरोध गर्न चाहन्छु।

हामी सबैको साझा प्रयासले यो विश्वविद्यालय निकट भविष्यमा एक उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।ु