काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको छलफल लगत्तै बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ ।त्यस्तै, राजावादीहरूले गणतन्त्र दिवसको दिन पारेर गर्न लागेको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया