काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन् ।
गणतन्त्र दिवस-२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताए ।
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरेका छन् । उनले गणतन्त्र प्राप्तिका लागि भएको जनयुद्ध र विभिन्न जनआन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता, घाइते योद्धाको त्याग र समर्पणप्रति सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया