सभामुखले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु

सभामुखले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु


काठमाडौँ – संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु भएको छ ।

सभामुखको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ ।

आजै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दैछ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।