अवरोध हटाउन छलफलमा सभामुख, सदन अझै सुरु हुन सकेन

अवरोध हटाउन छलफलमा सभामुख, सदन अझै सुरु हुन सकेन


काठमाडौं – प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले गृहकार्य जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ।

सदनको जारी गतिरोध हटाउन सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।

लगत्तै अहिले एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ। विपक्षी दलको बैठक पनि अहिले जारी छ। बिहान ११ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन सकेको छैन।