काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको टिप्पणी गरेका छन् ।नेता कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए ।
सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको उनले बताए ।कोइरालाले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी भएकोप्रति सरकारको आलोचना भइरहेको समयमा कोइरालाको यस्तो धारणा सार्वजनिक भएका छन् ।अर्कोतर्फ, अदालतले केही सञ्चार माध्यमममा प्रकाशित समाचार हटाउन समेत आदेश दिएको छ ।

प्रतिक्रिया