३५ लाख धरौटी बुझाएर फर्किएका पुर्वप्रधानमन्त्री नेपालको पहिलो तारेख साउन १३ मा

३५ लाख धरौटी बुझाएर फर्किएका पुर्वप्रधानमन्त्री नेपालको पहिलो तारेख साउन १३ मा


काठमाडौ – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतको आदेशअनुसार ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी बुधबार राति अबेर धरौटी बुझाएर फर्किएका छन्। विशेष अदालतले उनलाई साउन १३ गते तारेखका लागि बोलाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोग लगाएको छ।

बुधबार नेपाल स्वयं विशेष अदालतमा उपस्थित भएका थिए। बयान र थुनछेक बहसपछि अदालतले उनलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।