मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी


काठमाडौं- मन्त्रिपरिषद बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो । मन्त्रिपरिषद् बैठक सामान्यतः हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै स्पेन भ्रमणमा जाँदै छन् । उनी विदेश भ्रमणमा जानुअघि ओलीले बैठक आह्वान गरेका हुन् । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ ।