रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय

रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।

आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको पार्टीका एक नेताले बताए।

यसअघि अध्यक्ष श्रेष्ठले आफू निकट शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी थिइन्।