मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

आजको बैठकले एक जना मुख्य रजिष्टार र एक जना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ ।

त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ। यद्यपि, सचिव बढुवाका सम्बन्धमा अन्तिम निर्णय आजै हुने वा नहुने विषय अझै खुलिनसकेको स्रोतले जनाएको छ।