नाउपाको अध्यक्षमा लालवीर चौधरी

नाउपाको अध्यक्षमा लालवीर चौधरी


काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत भएका छन्।

काठमाडौँमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत गरेको हो।

यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो।