शंकर पोखरेलसहितका नेताहरूद्वारा खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालयको अनुगमन

शंकर पोखरेलसहितका नेताहरूद्वारा खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालयको अनुगमन


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेका छन् ।

सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेर उनीहरूले क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।

गत २४ भदौमा भएको जेन जेडको प्रदर्शनपछि एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।

आगजनीपछि एमाले कार्यालय खण्डहर बन्न पुगेको छ ।

पार्टी कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ गतेको उच्छृङ्खल कार्यमा संलग्नहरूको पहिचान गरेर कारवाही गर्नुपर्ने बताएका छन्।