एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्यानको घोषणा

एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्यानको घोषणा

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

जेन जेड आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।