बालेनलाई सांसद खतिवडाकाे कटाक्ष -जिब्रोमा ब्रेक लगाउन पर्ने भयो

बालेनलाई सांसद खतिवडाकाे कटाक्ष -जिब्रोमा ब्रेक लगाउन पर्ने भयो


काठमाडौं ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले भने, ‘सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं । कोही जातीय राज्य चाहियो भन्छौं । कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’