गुण्डुमा ६ घण्टादेखि एमाले सचिवालय बैठक जारी

गुण्डुमा ६ घण्टादेखि एमाले सचिवालय बैठक जारी


काठमाडौँ । ६ घण्टादेखि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।भक्तपुरस्थित गुण्डुमा बिहान साढे १२ बजेबाट जारी बैठक अहिले पनि जारी छ ।

हिजोका लागि तोकिएको बैठक रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओली निवास गुण्डुमा शुक्रबारदेखि सचिवालय बैठक चलिरहेको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

आजको बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्नेछन् ।