एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव

एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मङ्सिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लगाउने छ ।