एमाले किन दिइयो ‘तोकता पत्र’, दबाबमा महासचिव पोखरेल

एमाले किन दिइयो ‘तोकता पत्र’, दबाबमा महासचिव पोखरेल


काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन मागसहितको लिखित ‘ताकेता पत्र’ दर्ता गरिएको छ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका नाममा केन्द्रीय सदस्य माधव ढुङ्गेलले पत्र बुझाएका हुन्। भण्डारीको सदस्यता नखुलाए एमाले एक ढिक्का हुन नसक्ने र यहि कारण समस्या सुरु हुने पनि बताइएकोछ।

एमालेको संगठन विभागका सचिव नै रहेका ढुङ्गेलले सदस्यता नविकरण भैसकेको जानकारी गराउँदै खुलाउनका लागि आफैं पत्र लेखेका हुन्।

ढुंगेलसँगै केन्द्रीय सदस्य रमेश पौडेलले पनि भण्डारीको सदस्यता निस्क्रिय रहेको भनी झूठ कुरा र विवरण नदेखाउन, नभन्नका लागि अनुरोध गरे। यस्तो हुँदा एमाले खण्डित हुने उनको चेतावनी छ।

मनोजजंग थापाले त भण्डारीलाई एमालेमा स्वागत गर्दै बहुपक्षीय संयेक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव राखेका छन्।

केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ र युवराज बास्कोटाले पनि भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्नेमा जोड दिएका थिए।

उता सार्वजनिक कार्यक्रममा नै पोलिटब्यूरो सदस्य समेत रहेका पूर्वमन्त्री गोकुल बास्कोटाले पनि सदस्यता नविकरण गरेको बताउने महासचिव र अध्यक्षलाई प्रश्न गरेका थिए।